जनकपुरधाम । प्रदेश २ प्रदेशसभामा रहेका नेकपा एमालेका थप दुई जना सांसद एकीकृत समाजवादीमा खुलेका छन् । एमाले सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज एकीकृत समाजवादी रोजको सनाखत गरेका छन् । विश्वकर्मा एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन् । दुवै जना सांसदहरु गत बिहीबार वीरगन्जमा आयोजित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए…