नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको सुरक्षा योजनामा नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १,०१३ जना र सशस्त्र तर्फ ४९५ जना गरि कुल १,५०८ सुरक्षाकर्मी खटाईने उल्लेख गरिएको छ । सुरक्षाका मुख्य रणनितिक…