खजुरा । बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको ठेक्का सम्झौता सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जले ताड्ने निर्णय गरेको छ । पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको हो । तीन पटक म्याद थप र त्यस यता पनि लगातार…