बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। केसीले १७ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका छन् । गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डा र मन्त्रीहरुको नाम चयन हुन नसक्दा लम्बिएको मन्त्रिपरिषद् विस्तारको काम आइतबार मात्र पुरा भएको हो । मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले…