सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेमसम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा…