४ पुस २०८२, शुक्रबार | December 19, 2025

चिसो बढेपछि सुरु हुन्छ मुक्त कमैया र भूमिहीन बस्तीको दैनिकी कष्टकर

कैलाली । कैलालीको टीकापुरस्थित एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुगिन । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्,…