काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभामा आज भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसदले मत हालेका छन् । विपक्षमा १५ जना सांसदले मात्र मत हालेका छन् । मत विभाजन प्रक्रिया अनुसार मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत हासिल गरेको सभामुखले जनाएका थिए ।…