तनहुँ । सेती नदीमा आएको बढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको पुल्चोक बजारलाई अस्तव्यस्त बनाएको छ । लगातारको वर्षा पछि सेती नदीमा आएको बाढीले पुल्चोक बजारका ४२ घर डुवानमा परेका छन् । उर्लिएको सेती नदीमा सुरौंदी खोलाको बाढी समेत मिसिएपछि पुल्चोक बजारमा बाढी छिरेको थियो । १ सय ५० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।…