१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् । आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । मुख्यमन्त्री आचार्यले पछिल्ला ६-७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै…