धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा थपिँदै गएको छ । सोही प्रभावस्वरुप सदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आफ्ना एक मन्त्रीलाई बर्खास्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल निकट मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई आज बर्खास्त गरेका छन् । मुख्यमन्त्री र सरकारविरुद्ध गतिविधि गरेको भन्दै बोहरालाई संवैधानिक पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय…