काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थसहित सोमबार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन्…