काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले प्रहरी संगठनको रिक्त दरबन्दी पूर्ति गर्न उनीहरूलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार बढुवा सिफारिस प्रहरी नियमावली, २०७१ को नियम…