बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले प्रहरी युनिटहरुमा आधुनिक बैज्ञानिक उपकरणको अभावमा प्रहरी अनुसन्धान प्रभावित हुने गरेको बताएका छन् । दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले पत्रकारहरुसँग परिचयात्मक अन्तरक्रियमा बोल्दै समाजमा साइबर क्राइम बढेपनि उपकरणको व्यवस्थापन नहुँदा काम कारवाही प्रभावित हुने गरेको बताए…