काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए । यस्तो छ सिफारिस सूची