६ पुस २०८२, आइतबार | December 22, 2025

दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

दार्चुला । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले…