चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ विद्यालयमा अध्ययनरत दुई सय ८३ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । भरतपुर महानगरपालिकाअन्तर्गत संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेमा एक सय ४६ छात्रा र एक सय ३७ छात्र रहेका छन् । महानगरपालिकाले अनलाइनमार्फत निवेदन माग गरेको थियो…