सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले गलत प्रवृतिका शिक्षकका कारण विश्वविद्यालयमा समस्या आएका कारण उनीहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । सिंहले भने, “आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध…