भैरहवा । कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए ।…