नेपालगन्ज । हरितालिका तीजको बिहानै बाँकेका बिभिन्न आइसोलेसन केन्द्रमा बसेर कोरोना भाइरससँग जुधिरहेका ५१ जनालाई आइसोलेसन अवधि पुरा गराएर घर पठाईएको छ । आइसोलेसनमा बसेको १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । समुदायस्तरमा पीसीआर परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएका बाँकेका बिभिन्न आइसोलेसन अस्पताल तथा पालिकाहरुले बनाएको आइसोलेसन…