काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या दिनदिनै बढ्दै छ । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढिरहेको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट जेठ १० गते मृत्यु भएको छ । भारतबाट आउने क्रममा नेपाल प्रवेश गरेसँगै उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो…