काठमाडौं । बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ । नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको…