नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले संघ, प्रदेश र स्थानीय सरकारबिच् समन्वय नहुँदा पर्यटकले सास्ती खेप्नु परेको बताएका छन् । पर्यटन बोर्डको प्रवद्र्धनमा नाट्टा गण्डकी र लुम्बिनी च्याप्टरको संयुक्त आयोजनामा आज नेपालगन्जमा भएको अन्तर प्रदेश पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले संघीय सरकार अन्तर्गतको निकायले प्रदेश सरकारले गरेको…