काठमाडौ । नेपालमा हालसम्म काेराेना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ सङ्क्रमित फेला परेका छैनन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताउनुभयो । पिसिआर विधिबाट दश हजार…