नेपाली इतिहासमा दश वर्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा पनि हेनुपर्छ । आज हामी २८ औँ जनयुद्ध दिवसको अवसरमा आइपुगेका छौंँ । त्याग, बलिदान, समर्पणको…