२३ बैशाख २०८१, आइतबार | May 5, 2024

खण्डहर नाता

बशन्तकालीन सूर्य उकालो लाग्दै किशोर उमेरको मान्छे जस्तै ढकमक्क हुन लागेको थियो । महेश बाजे अर्थात महेशप्रसाद शर्मा आफनो फेर्ने लुगा तथा घरमा बनाएको सेलरोटी र आफनै भैंसीको दूधको खुवा बनाएर झोलामा हाली छोरो भेट्न घरबाट उकालो लागे । धेरै दिन भयो छोराले न चिठ्ठी पठाउँछ न आपूm आउछ । के कस्तो छ? सञ्चो, बिसञ्चो…