बुटवल । बुटवलका पुराना अग्रज पत्रकार हुन मदन पौडेल । विसं २०१२ सालदेखि बुटवलका बासिन्दा उनी बटौलीबाट आधुनिक बुटवलसम्मका साक्षी पनि हुन । ६ महिनाको व्यापार हुने थलो बटौली बजार उनका आफनै आँखाले हेरे, बुझे र अनुभव गरे । काठमाडौं र तानसेनका नेवार, भारतबाट मारवाडीहरु आउने यो थलो वास्तवमा सिजनल व्यापारीको थलो भएको उनी बताउँछन्…