नेपाली चाड आपसी भेटघाट गरीबी रुँदै हिन्दुको चाड, दशैं र तिहारले बेकुण्ठेको घर वरिपरिबाट घेरिरहेको थियो । झुत्रे र भोका छोराछोरीहरु “दशैं आयो खाउँला,पिउँला, नयाँ नाना लाउँला”भन्दै आगनमा उफ्रिरहेका थिए । घरमा खाने गेडा थिएन । अँधियामा लगाएको घैया पाकिसकेको थिएन । अलिअलि भएको आफ्नो जग्गा, स्वास्नीलाई यमराजको पञ्जबाट छुटाउन धामी झाँक्री र डाक्टरहरुको सेवामा…