खोलाले आफनो आकार आफै बनाए जस्तै गतिशील समयले पनि आफनो आकार लिन थाल्यो, बदाल्कोटमा । युवा जमातहरुले गाउँमा योजना अनुसार अभियान शुरु गरे । तीन महिने अनौपचारि शैक्षिक कक्षा चलाए,भूमिगत रुपमै,शान्तिपूर्वक । तत्पश्चात अज्ञात तरिकाबाट पोष्टर पर्चाहरुमा उल्लेखित बिषयहरु सुनाउदै बाँडे । अभियन्ताहरुबाट सुनेका गहिरा कुराहरुले गाउलेहरुको चिन्तनमा चेतनाको अंकुर पलाउन थाल्यो । त्यसको गतिलाई…