१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रणयिनी

स्मृति उज्यालो चन्द्रमा मुनी, अँध्यारो भरिएको आँशुको झरिमा भिजेको मेरो ऐकान्तिक जिन्दगी । भयाक्रान्त स्मृति । उद्वेलित अतीत । प्रेमालिङ्गन रित्तिएको मेरो जिन्दगी । मेरो प्यारो कमलको न्यानो आल्हादित अँगालोमा प्रेमको रङ्गिलो जिन्दगी थियो,मेरो । उस्स ऽऽ । स्मृतिको यात्रामा थाकेको कस्तो नैराश्य जिन्दगी । रङ्गीन विगतले पछारेको कहालीलाग्दो यो वर्तमान । हिजो मेरो अँगालोभरि…