२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

मृत्यु फूल

नितान्त धूलाम्य भुईमा यमराजको आगमनलाई कुरेर छटपटाइरहेकी थिई,दुःखान्त चार वशन्त कटाएकी बालिका लीलावती । निर्दयी पापी परिवारबाट मुक्ति पाएर मृत्युको अनन्त यात्राको उडान भर्न उसको कलिलो देहलाई कोशे ढुङ्गा भएको थियो । बाक्लै पानाहरु थिए, शीर्णकाय त्यो देहको कितावमा । उसको दुःखान्त, निर्मम कथाले भरिएको । धरतीमा अवतरण हुँदा उसको मानव शरीर भित्र सम्भाव्यताको सिंगो…