१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मिस्टर प्रभा

नव धनाढ्य श्रीमान कुलभूषणको छोरो मिस्टर प्रभातभूषण र मध्यम वर्गीय सुब्बा देवीलालको छोरो दिलिपको घर करीब एक मिटर दूरीमा थियो । ताते ताते गर्ने खुट्टा र पाते पाते गर्ने बोली खुल्दादेखि उनीहरुको मित्रताको गाँठो कसिलो थियो । फूल र वासना जस्तै अभिन्न हुनेगरी गाँसिएको थियो । छिमेकी ती दुबै बालकहरुको दिमागीमा अलिकति चैतन्य तन्तु घुस्नासाथ…