भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर मेयरकी उमेदवार रेणु दाहालसँग गरिएकाे कुराकानी : चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ…