काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । प्रतियोगिता अन्तर्गतको महत्वपूर्ण यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुनेछ । लुम्बिनी लायन्सको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले गरिरहेका छन् भने विराटनगर किंग्स राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ । पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिमसँग…