काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो क्वाटर फाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४-२ ले पराजित गरेको हो। यससँगै विश्वकपबाट ब्राजिल बाहिरिएको छ । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि थप ३० मिनेटको अतिरिक्त समय थपिएको थियो ।…