काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बिहानै बस्ने भएको छ । परिवर्तित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गनै भन्दै माओवादी केन्द्रले आज बिहानै स्थायी कमिटी बैठक बोलाएको हो । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमाले भित्रका पार्टी एकताका पक्षधर नेपाल समूहको जिम्मेवारी खोसिएको विषयमा…