काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । वीरगन्ज निवासी हवारीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान पार्टीमा प्रवेश गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि…