१६ असार २०८३, मंगलबार | June 30, 2026

संवैधानिक आयोगमा नियुक्ति खारेजीको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दायर , आइतबार पेशी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्ति विरुद्ध प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । सभामुख सापकोटा आफै उपस्थित भएर दायर गरेको रिटको पेशी आइतबारको लागि तोकिएको छ । प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै सभामुखले रिट दायर गर्न लागेको सभामुखका…