बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख…