१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सन्देश : आनीबानी र आहार बिहार सुधारे कोभिड १९ संग लड्न सकिन्छ



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकहरुले आफ्नो आनीबानी र खानपानमा सुधार गर्न सके कोरोना भाइरससंग लड्न सकने बताउनुभएको छ ।

आज प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लक डाउन जनताकै स्वास्थ्यका लागि भएको भन्दै सबैले सरकारको घोषणा पालना गर्नु कर्तब्य भएको बताउनु भयो । उहांले टोल बिकास संस्थाहरुलाई आफ्नो टोलमा टोल बाहिरका ब्यक्तिहरुलाई आउन नदिई सरकारको लकडाउनलाई सफल बनाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले दैनिक उपभोग्य वस्तुको आपुर्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै सरकारको घोषणालाई सबैले पालना गर्न सकेमात्र बिश्वमा फैलिएको माहामारी नियन्त्रण गर्न सकिने बताउनु भयो ।

यसै बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले सरकारले घोषणा गरेको लक डाउनको कार्यान्वयनमा आजैबाट प्रशासनले कडाईकासाथ पालना गराईने बताउनु भएको छ ।

उहांले संक्रामक रोग निवारण ऐन अनुसार लक डाउन भएकाले सुरुका दिनमा जनता आफै लक डाउनमा सहभागि हुन् भन्दै प्रशासनले कडाई नगरेको बताउंदै आवश्यक परे स्थानीय प्रशासन ऐन अनुसार कारवाहि गरिने बताउनुभयो ।

स्थानीय प्रशासन ऐनमा प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा जारी गर्न पाउने र आवश्यक बल प्रयोग गर्न पाउने ब्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्थले आपुर्ति ब्यवस्थालाई सहज बनाउन खाद्यान्ह, तरकारी, डेरी , औषधी जस्ता वस्तुका पसलहरु दिनभरी खोल्ने वाताबरण बनाईने बताउंदै त्यस्ता पसलहरुले स्वास्थ्य सुरक्षा र भिडभाड नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सरकारले अत्यावश्यक सेवा सुचारु गर्ने बताएपनि जिल्लामा स्थानीय प्रशासनले त्यस्ता पसलहरु समेत बन्द गर्न भनेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा