२ बैशाख २०८३, बुधबार | April 15, 2026

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो



काठमाडौ । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ । यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उहाले जानकारी दिनुभयो ।

बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो । बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिनुभएको थियो ।

मन्त्रालयका अनुसार बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ । यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेका छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ८ : ०२ बजे

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक

मधेशप्रदेशमा जुडशीतल मनाइँदै

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज