५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या संख्या २ लाख ५२ हजार ३ सय ६४ पुग्यो



काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको  संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको छ ।

मंगलवार विहान सम्म यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको हो । कोरोना संक्रमितको संख्या ३६ लाख ४४ हजार ७७८ पुगेको छ । हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ९४ हजार ८ भन्दा बढी निको भएर घर फर्किएका छन् । २१ लाख ९७ हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ९२१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा १ हजार ५६६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४३७ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ११ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता