२२ माघ २०८२, बिहिबार | February 5, 2026

महामारी विरुद्धको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान देऊ : जनस्वास्थ्यकर्मी महासंघ



काठमाडौं । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले कोरोना (कोभिड–१९) भाइरसको नियन्त्रण र उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष डा. कृष्णसागर पौडेलले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस महामारीको अग्रमोर्चामा खटिएका सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष पौडेलले उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किटको व्यवस्था गर्न, क्वारेन्टाइनलाई स्थानीय निकायसम्म थप सञ्चालन गर्न तथा स्वास्थ्य क्षेत्रमा खटिने सबैजनालाइ जोखिम भत्ता समानता र विशेष प्याकेज ल्याउन सरकारसँग १३ बुँदे माग समेत गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ, “कठीन परिस्थितिमा आफ्नो ज्यान गर परिवारको परवाह नगरि अहोरात्र देश र जनताको सेवा समर्पित चिकिन्सक, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी एम्बुलेन्स चालकहरू लगायत सम्पूर्णप्रति उच्च सम्मान गर्दै उहाँहरूको कार्यमा हौसला प्रदान गर्न स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ ।”

जनस्वास्थ्यकर्मी महासंघले यथाशिघ्र स्वास्थ्य आयोगको स्थापना गर्न पनि आग्रह गरेको छ । यस्तै, स्वास्थ्य सेवालाइ पारदर्शी बनाइ अनियमितता तथा भ्रष्टाचार रोक्न कडा नीति अवलम्बलन गर्न, सबैको पहुँच र सर्वसुलभ बनाउन, लामो समयदेखि स्तरवृद्धि तथा बढुवा प्रक्रिया कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ११ : ५३ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३