२० मंसिर २०८२, शनिबार | December 6, 2025

महामारी विरुद्धको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान देऊ : जनस्वास्थ्यकर्मी महासंघ



काठमाडौं । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले कोरोना (कोभिड–१९) भाइरसको नियन्त्रण र उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष डा. कृष्णसागर पौडेलले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस महामारीको अग्रमोर्चामा खटिएका सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष पौडेलले उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किटको व्यवस्था गर्न, क्वारेन्टाइनलाई स्थानीय निकायसम्म थप सञ्चालन गर्न तथा स्वास्थ्य क्षेत्रमा खटिने सबैजनालाइ जोखिम भत्ता समानता र विशेष प्याकेज ल्याउन सरकारसँग १३ बुँदे माग समेत गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ, “कठीन परिस्थितिमा आफ्नो ज्यान गर परिवारको परवाह नगरि अहोरात्र देश र जनताको सेवा समर्पित चिकिन्सक, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी एम्बुलेन्स चालकहरू लगायत सम्पूर्णप्रति उच्च सम्मान गर्दै उहाँहरूको कार्यमा हौसला प्रदान गर्न स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ ।”

जनस्वास्थ्यकर्मी महासंघले यथाशिघ्र स्वास्थ्य आयोगको स्थापना गर्न पनि आग्रह गरेको छ । यस्तै, स्वास्थ्य सेवालाइ पारदर्शी बनाइ अनियमितता तथा भ्रष्टाचार रोक्न कडा नीति अवलम्बलन गर्न, सबैको पहुँच र सर्वसुलभ बनाउन, लामो समयदेखि स्तरवृद्धि तथा बढुवा प्रक्रिया कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ११ : ५३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति