२१ माघ २०८२, बुधबार | February 4, 2026

लकडाउन : जनतालाई सास्ती, तस्करलाई मस्ती, वीरगन्ज सीमा क्षेत्रबाट मौलाउँदै तस्करी



वीरगन्ज । सरकाले कोरोना भाइरसको स्रक्रमण फैलिन नदिने भन्दै चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी राखेको छ । सबै सीमा नाका असार १६ गतेसम्मका लागि सिल गरिएका छन् । निश्चित सीमाबाट मात्र मानिसहरु प्रवेश गर्न पाउने व्यवस्था छ भने मालवाहक सवारी साधन पनि तोकिएको सीमाबाटै प्रवेश गर्छन् । तर, लकडाउन भने आम जनतालाई सास्सी तस्करहरुलाई मस्ती जस्तै भएको छ ।

देशको प्रमुख सीमा नाका वीरगन्ज आसपासबाट तस्करी मौलाएको छ । सीमा र भन्सारको सुरक्षाका लागि खटेको सशस्त्र प्रहरी लकडाउनमा व्यस्त भएको मौका छोपी तस्करहरुले आफ्नो लाइनलाई झन बढी सक्रिय बनाएका छन् ।

लकडाउनले काम गर्न नपाएपछि दुई छाप टार्न स्थानियलाई धौ धौ परिरहेको बेला तस्करहरुले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई नै आफनो प्रभावमा पारेर मदिरा, कपडा तथा छोकडाको तस्करी गरेको स्रोतले दाबी गरेको छ ।

भारतको बिहारमा मदिरा विक्रि वितरणमा प्रतिबन्ध छ । विहार क्षेत्रका मदिराप्रेमी भारतीयहरुका लागि नेपालका सीमा क्षेत्र नै मदिरा सेवन गर्ने स्थान हुन् । नेपालमा समेत लकडाउन पछि खुला बिक्रि वितरण स्थगित भएपछि दुवै देशका तस्करहरुको मिलेमतोमा चर्को मूल्यमा मदिराको विक्रिवितरण भैरहेको हो ।

वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौलका तस्कर असलम मियाँ, लैला नाम गरेकी एक महिला, रक्सौल प्रेम टोलका राजेश पटेल, कृष्ण र रिषभ नामका तस्करहरुले सशस्त्र प्रहरीका खत्री थरका एक जना डीएसपीलाई आफ्नो प्रभावमा पारेर मदिरा, लत्ताकपडा तथा छोकडाको तस्करी गराईरहेको आरोप वीरगन्जका व्यापारीले लगाएका छन् ।

भन्सार सुरक्षामा खटिएका प्रहरी समेत लकडाउन प्रभावकारी बनाउन खटिएको मौका पारेर सशस्त्रकै अधिकारी तस्करसँग् सेटिङ मिलउनुले शान्तिसुरक्षामा समेत असर परेको भन्दै उनी विरुद्ध माथिल्लो निकायमा उजुरी समेत परेको छ ।

मध्यरातमा नेपालबाट विभिन्न ब्राण्डका मदिरा र छोकडा भारततिरै तस्करी गरिएको छ । भारतबाट भने कपडा र खाद्यान्न लगायतका सामाग्री भित्रिइरहेको छ । एकरात लाइन मिलाएको कम्तिमा ४० हजार रुपैयाँ बुझाउने गरिएको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ६ : ३८ बजे

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन