२९ चैत्र २०८२, आइतबार | April 12, 2026

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरेरै छोड्छौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । सरकराले भारतबाट अतिक्रमित भूमि फिर्ता लिएरै छोड्ने प्रतिवद्धता जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले भुमि फिर्ता भएपछि लिम्पियाधुरासम्म सुरक्षा र विकास गरिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभामा मंगलबार विनियोजन विधेयक २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायका लागि आर्थिक वर्ष २०७७र७८ को विनियोजित बजेट र प्रस्तावित कार्यक्रम उपर भएको छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री ज्ञवालीले नेपालको भूमि अतिक्रमण गरेर भारतले छिमेकीप्रति हेपाहा नीति लिएको जिकिर गर्नुभयो । ज्ञवालीले नेपालले गत नोभेम्बरमै भारतीय नक्शाप्रति आपत्ति जनाउँदै नेपालको अडान प्रस्तुत गर्दा गर्दै भारतले नेपाली भूमिबाटै सडक बनाएको बताउनुभयो ।

आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि यतिबेला राष्ट्रिय सहमति कायम भएको भन्दै भारतसँग वार्ताका लागि निरन्तर पहल गरिरहे पनि भारतले टाल्दै गएकोमा अचम्मा मान्नुभयो । सीमा समस्याबारे भारत र चीनबीच वार्ता भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच पनि छिट्टै वार्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

‘त्यस्तो तनावको बीचमा चीनसँग वार्ता हुन्छ भने नेपालसँग नहनुपर्ने कारण छैन । ताकेता गरिरहेका छौं । ’ उहाँले वार्ता बाहेक अन्य विकल्पमा सोच नबनाएको बताउनुभयो

‘हामीले अतिरिक्त भूभाग खोजेका होइनौं । हामीले पराजित भएर सुगौली सन्धिले भनेको काली नदी सीमा हो भनेका छौं ।’

उहाँले आफ्नो राष्ट्रिय हितको पक्षमा बोल्नु भनेको अर्को कसैलाई होच्चयाउनु या मित्रता खण्डित गर्नु नभएको स्पष्ट पार्नुभयो ।

‘आफ्नो राष्ट्रिय हितको पक्षमा बोल्नु भनेको कसैको अहित गर्नु या असल मित्रताको भावलाई खण्डित गर्नु होइन’, उहाँले भन्नुभयो, विगतले बोकाइदिएका असमान सम्बन्धका बोझहरु बिसाएर र इतिहासले सुल्झिन बाँकी भनेर छोडिदिएका विरासतलाई सुल्झाएर समस्यारहित, बोझरहित, आशंकारहित विश्वासको सम्बन्धको जगमा मात्र मित्रतापूर्वक सम्बन्धहरु अगाडि बढ्न सक्छन् भन्नेमा आफूहरुको प्रयास केन्द्रित रहेको पनि उनले बताए । उनले भने, ‘मेरै पुस्ताले तीन पटकसम्म खेप्नु परेको नाकाबन्दीको पीडालाई अब आउने पुस्ताले कहिल्यै पनि भोग्न नपर्नेगरी सुनिश्चित गरिएको छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ४ : ४८ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ