२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

‘झुक्किएर ठोक्किँदा माफी, यो महामारीमा घोटाला गरे छोड्दैनौं है साथी’ (फोटो फिचर)



भैरहवा । काठमाडौंको बालुवाटारबाट सुरु भएको सरकार विरोधी प्रदर्शन देशव्यापी बन्न थालेको छ ।

रुपन्देहीको बुटवल र भैरहवामा युवाहरु सरकारले भ्रष्टाचार गरेको भन्दै युवाले प्रदर्शन गरेका छन् । भैरहवाका प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

युवाहरुले नेपाल सरकारले बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको टेष्टमा १० अर्ब खर्च कसरी भयो त्यसको हिसाब सार्बजनिक गर्नुपर्ने र त्यसको निश्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा १० अर्बको विषयलाई समेत सम्बोधन गर्दै संकटको समयमा कोही कसैले भ्रष्टाचार गरे कडा कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रदर्शनकारी युवाले कोरोना भाइरको परीक्षणको क्रममा आरडीटी विश्वसननीयता नभएको हुनाले तथा अनावश्यक खर्च गर्नु भन्दा यसलाई बन्द गरि पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नुपर्ने बताए ।

अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा तथा स्वाभिमानको सुनिश्चितता गर्नुपर्ने युवाहरुले बताए ।

विभिन्न पालिकाहरुले निर्माण गरेका क्वारेन्टाइनहरु डब्लुएचओको मापदण्ड अनुसार हुनुपर्ने उनीहरुको माग छ ।

भैरहवाको बुद्धचोकबाट शान्तिपूर्ण आन्दोलन सुरु भई बिद्रोही चोक, मिलन चोक, नारायणस्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर युवाहरुले प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई ज्ञापन पत्र बुझाएका थिए ।

लकडाउनका बीचमा आफै सामाजिक दूरी कायम गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने बेलामा यसरी सडकमा मानिसहरु किन उत्रिएका छन् भन्ने बारेमा सरकार गम्भीर बन्नुपर्छ ।

सडकमा देखिएको आक्रोश र यसको परिचालनबारे गम्भीरतापूर्वक ध्यान दिएन भने एकातिर कोरोना भाइरस अनियन्त्रित बन्ने छ भने अर्कोतिर सरकारको विश्वसनीयतामाथि नै संकट उत्पन्न हुनेदेखिन्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १२ : ५८ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको