२२ भदौ २०८३, सोमबार | September 7, 2026

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव



लण्डन । विश्वभर फैलिएको कोरानो भाइरस (कोभिड–१९) का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैरआवासीय नेपाली संघअन्तरर्गतको स्वास्थ्य समितिको संयोजनामा शनिवार जुममार्फत् भएको भेलामा २० देशका १२ वर्ष मुनिका नेपाली बालबालिका सहभागी भए ।

सहभागीहरुले कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र अलिसा कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रेलिया, नाइजेरिया, क्यानाडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायतका देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु सहभागी थिए ।

कार्यक्रममा अविराज थेवे, टिया आचार्य, अभिन पौडेल, अस्मि अधिकारी, दिलासा शर्मा, जयन महमद सइयाद, कीर्तिका तिमल्सिना, कृष्ण थापा, कीर्तिका राउत, लियन अहमद, म्यार्लिन न्यौपाने, निर्भिक अर्याल, प्रजन सिटौला, प्रशिद्ध पन्त, सक्षी भट्टराई, सिओयन थापा, शैलेश शर्मा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङलगायतले कोरोना कहरको अनुभव सुनाए ।

दुई दर्जनभन्दा बढी बालबालिका सहभागी कार्यक्रममा सबैभन्दा सानी ५ वर्षका युभरानी गुरुङ (युके) र म्यार्लिन न्यौपाने थिए । सो कार्यक्रमको संयोजन एनआरएनए स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा. सञ्जिव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सइयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली संघको अधिकारीक फेजबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ९ : ०६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा