१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव



लण्डन । विश्वभर फैलिएको कोरानो भाइरस (कोभिड–१९) का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैरआवासीय नेपाली संघअन्तरर्गतको स्वास्थ्य समितिको संयोजनामा शनिवार जुममार्फत् भएको भेलामा २० देशका १२ वर्ष मुनिका नेपाली बालबालिका सहभागी भए ।

सहभागीहरुले कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र अलिसा कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रेलिया, नाइजेरिया, क्यानाडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायतका देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु सहभागी थिए ।

कार्यक्रममा अविराज थेवे, टिया आचार्य, अभिन पौडेल, अस्मि अधिकारी, दिलासा शर्मा, जयन महमद सइयाद, कीर्तिका तिमल्सिना, कृष्ण थापा, कीर्तिका राउत, लियन अहमद, म्यार्लिन न्यौपाने, निर्भिक अर्याल, प्रजन सिटौला, प्रशिद्ध पन्त, सक्षी भट्टराई, सिओयन थापा, शैलेश शर्मा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङलगायतले कोरोना कहरको अनुभव सुनाए ।

दुई दर्जनभन्दा बढी बालबालिका सहभागी कार्यक्रममा सबैभन्दा सानी ५ वर्षका युभरानी गुरुङ (युके) र म्यार्लिन न्यौपाने थिए । सो कार्यक्रमको संयोजन एनआरएनए स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा. सञ्जिव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सइयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली संघको अधिकारीक फेजबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ९ : ०६ बजे

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरी

कुश्मा-ज्ञादी झोलुङ्गेपुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा