२५ असार २०८२, बुधबार | July 9, 2025

बाढीले बगायो रुकुम चुनबाङको बसपार्क



रुकुम । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखाौंको क्षति भएकोे छ ।

लाखर खोलामा बाढी आउँदा २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ ।

बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा घुम्ती पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए ।

स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताए । शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए।

बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ८ : १२ बजे

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा