९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

पर्वतको पहिरोमा पुरिएका मध्ये ६ जनाको शव फेला, ३ को खोजी जारी



पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ । अझै तीन बेपत्ता छन् ।

घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।

थप तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए ।

बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १२ : १७ बजे

नेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौं । आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली