१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रधानमन्त्री ओली भन्छन्, ‘सुशासन र स्वच्छता कायम राख्छौं, ढुक्क बनौं, अब आन्दोलन चाहिँदैन’ (सम्बोधनको पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र स्वच्छता कायम गर्न सरकार संकल्पित रहेको बताएका छन् ।

वैकल्पिक सिकाई प्रविधि सुरु भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै ओलीले सरकारले सुशासन र स्वच्छता कायम गर्ने विषयमा ढुक्क बन्न आग्रह गरेका हुन् ।

ओलीले गरेको यृुवा लक्षित सम्बोधनमा सरकारले केही गरेन कि भन्ने चिन्ताले कतिपय युवालाई तरङ्गित गराएकोतिर संकेत गर्दै अव मुलुकमा फेरि आन्दोलन गर्न नपर्ने गरी काम हुने बताए । ओललीले भने ‘ अप्ठ्यारोमा द्विविधा हुन्छ । त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।

‘मुलुकमा अब फेरि अर्को आन्दोलन जरुरी छैन’, सम्बोधनका क्रममा उनले थपे, ‘मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको छु ।’

तर प्रधानमन्त्री ओलीले भने, ‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यो मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवस्यक छैन ।’

सरकारले आजदेखि वैकल्पिक शिक्षण विधिमार्फत विद्यालय संचालन सुरु गरिएको छ । रेडियो, टेलिभिजन र इन्टरनेटको माध्यमबाट पठनपाठन हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

प्यारा भाइ बहिनीहरु,

– विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्दथ्यो। तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् ।

गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन।

– भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ ।

सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुन सक्छ । हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ ।

– विद्यालयहरु सिकाइका सामुहिक केन्द्र हुन् । लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ ।

– विद्यालय तहका सबै भाई बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु ।

आदरणीय अभिभावकहरु,

– कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलताका सँगै केही अवसर पनि सिर्जना हुँदैछ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रकृया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ ।

– प्रविधि, अब हाम्रा घररघरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ ।

– यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन।

त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ ।

– सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने,

– रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने,

– टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने,

– कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने,

– र, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने ।

– यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाईहरु,

– कतिपयले आप्ना पुर्खाको पौरख सम्झदैनन् । मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए ।

हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ ।

– वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोड भन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लागानी हो । भविष्य माथिको लगानी हो ।

एउटा अभिभावकले आफ्नो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवस्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो ।

– त्यसैले तपाईहरुले आर्जन गरेको ज्ञान र सीप आफुलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्छ ।

– हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ । उनीहरु आप्mनो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ ।

आफ्नो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्छ ।

– आफ्नो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ रु त्यसलाई केलाउने र बुभ्mन सक्ने हुनुपर्छ । त्यसलाई अन्त्य गर्न आफू के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमी÷व्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी स्वयं दृढ निश्चियी हुनुपर्छ ।

– भनिन्छ, सफलताको रहस्य इमान्दारी हो । सफल हुनका लागि इमान्दार हुनै पर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । तर सबैभन्दा पहिले आफुप्रति इमान्दार हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुनेरु जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ । मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ ।

– हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ ।

भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ ।

– झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रको लागि लड्यो । नयाँ प्रणाली प्राप्तीका लागि आप्mनो जीवन समर्पित गर्‍यो । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ ।

मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ । यो पुस्ता स्वभावत बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश÷दुनियाँका विषयमा जानकार पनि छ ।

– मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि रु मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि रु

टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि रु

– आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यो मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवस्यक छैन ।

– अप्ठ्यारोमा द्विविधा हुन्छ । त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।

– अन्तमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो ।

– त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ ।

– अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ ।

– अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ ।

– जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने नै छन । विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरुभएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ ।

– यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु ।

– म सबै बालबालिकाहरुलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु ।

उज्ज्वल भविष्यको शुभकामना सहित,

धन्यवाद ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ४४ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान