४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजबाट सबै प्रकारका सवारी पास रद्द



काठमाडौं । बिभिन्न बहानामा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर बसेका सर्बसाधरणलाई गृहले फेरी अंकुश लगाईदिएको छ । गोजीमा पास छ भन्दैमा ढुक्क भएर बाहिर निस्कने प्लान छ भने रोकिनुभए हुन्छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ।

गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो। जिल्ला प्रशासन लगायत विभिन्न स्तानीय तह र निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेका थिए। मन्त्रालयले सबै प्रकारका सवारी पास रद्द गरेको बताएको छ ।

जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलले जानकारी दिएको छ। मन्त्रालयले पूर्णरुपमा जोर बिजोर प्रणाली कार्यान्वयन गराउन मातहतका निकायलाई निर्देशन पनि जारी गरिसकेको छ ।
निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन्। यो नियम मोटरसाइकलमा समेत लागू छ।

अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले तय गरेको निजी सवारी साधनमा चालक बाहेक २ जनामात्र बस्न पाउने निर्णयलाई भने गृहले निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको